Share market Short Sale

के नेपालमा पनि सेयरलाई ( Short Sale ) गर्न सकिन्छ ?
सकिन्छ भने त्यसको प्रकृया के रहेको छ ?

नेपालमा न त Short Selling को प्राबधान छ न त intraday trading को। नेपालमा आज किनेको शेयर हाम्रो demat खातामा आउन २ देखि ३ दिन सम्म लाग्छ।
Intraday trading गर्दा आज किनेको शेयर आजै बेच्नु पर्ने हुन्छ तर त्यो शेयर हाम्रो demat खातामा आउनै २ देखि ३ दिनसम्म लाग्छ। आफ्नो demat खातामा शेयर नआई शेयर बेच्न नसकिने हुनाले नेपालमा Intraday Trading को सम्भावना छैन।
त्येस्तै,Short sellingमा आज बेचेको शेयर आजै बेलुका सम्म किनेर दिई सक्नु पर्ने अन्तराष्ट्रिय प्रचलन छ ताकी जसको शेयर बेचिएको थियो उसको demat खातामा त्यसदिनको अन्त्यमा शेयर संख्या बराबर होस्।
तर चुस्त-दुरुस्त पुर्बधारको अभावमा नेपालमा Short selling सम्भव छैन र कानुनीरुपमा नै बर्जित गरिएको छ।

Long Position भन्दा Short selling मा जोखिम पनि आत्यधिक हुन्छ। यसलाई एउटा उदाहरणबाट बुझौ।

-तपाईले कुनै बैंकको शेयर प्रतिशेयेर रु ३०० मा किन्नु भयो। यो लगानीमा तपाइलाई हुनसक्ने आधिक्तम नोक्सान प्रतिशेयेर रु ३०० मात्र हो किनभने शेयर को मूल्य सुन्य भन्दा तल झर्दै।

  • अब मानौ तपाईले त्येही बैंकको शेयर रु ३०० मा short selling गर्नु भयो। यसरी शेयर short selling गर्दा तपाईलाइ फाइदा हुने भनेको यसको मूल्य घट्दा मात्रै हो। यो शेयर को मूल्य रु ३०० माथि जति पुगेपनि तपाईलाइ घाटा हुन्छ। शेयरको मूल्य बढेर जतिपनि पुग्न सक्ने हुनाले short selling मा घाटाको कुनै सिमा छैन।

येही आसिमित जोखिमको कारणले भारत लगायतक अन्तराष्ट्रिय बजारमा short selling लाई एकदिन भित्रै settlement गरिसक्नु पर्ने प्रचलन रहेको छ।नेपालमा पनि बजार सन्तुलनको लागि शेयर बजारका बिज्ञहरुले short selling को माग राखी रहदा यसले सामान्य लगानीकर्ता मारमा पो पर्ने हुन् कि भन्ने कुरा विचार गरेर मात्र आवश्यक नीति निर्माण गर्नु उपयुक्त देखिन्छ।

3 Likes